stcnepal long ad
ime life insurance
global ime bank long

कांग्रेस बागमती प्रदेशमा पदाधिकारी चयन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत गत मंसिर १६ गते उदघाटन भएको प्रथम बागमती प्रदेश अधिवेशनले नेतृत्व चयन हुने क्रम जारी रहेको छ।

बागमती प्रदेशमा २१५३ मतदाता रहेकोमा सभापतिमा इन्द्र बहादुर बानियाँले १०५८ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धीमा नुवाकोटका जगदिश्वर नरसिंह केसीले ९९८ मत ल्याएर पराजित भएका छन।

यस्तै बागमती प्रदेशको उपसभापतिमा मोहन बस्नेतले १०५९ मत र चन्द्र महर्जनले १०३७ मत, महामन्त्रीमा काभ्रेका कञ्चन वादे श्रेष्ठले ९९५ मत र काठमाडौं क्षेत्र नं–४ का निवर्तमान क्षेत्रीय सभापति राजु श्रेष्ठले ९१० मत र सहमहामन्त्रीमा ऋषिराम घिमिरेले ९१६ मत, हरिशरण श्रेष्ठले ८३९ मत र जीबन डंगोलले ९४९ मत ल्याएर बिजयी भएका छन।

prabhu mahalaxmi
kumari