citizens life insurance long ad
stcnepal long ad

राप्रपा अध्यक्षमा कमल थापा उठने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । थापाले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता बुढा नेताहरुको नाम स्मरण गरेका थिए ।

थापाले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताएका छन । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा सभामा प्रतिवद्वता व्यक्त गरेका छन।

राप्रपाको यो एकताको महाधिवेशन हो। राप्रपा,राप्रपा नेपाल र राप्रपा संयुक्त बीच अढाई वर्ष अघि पार्टी एकता भएको थियो। । नाम मात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ । एकताको सन्देश दिनुपर्छ ।

राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन् । महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ । कामना गरिरहेका छन्,’ थापाले घोषणा सभामा भने। ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ ।’ उनले भने।

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपामा पशुपतिशमशेर जबराले सहमति भए आफू उम्मेदवार नबन्ने बताएका छन। डा. प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार रहेका छन् । अध्यक्षमा थापा,डा. लोहनी, लिङदेल र अन्तिममा पशुपति शमसेर जबरा बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ।

IME Life
kumari