sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पार्टी महाधिवेशनबारे छलफल हुने

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ ।महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिकांश भातृ संस्थाको लामो समयदेखि अधिवेशन नभएकोले प्रतिनिधित्व गर्न नहुने बताइरहेको छ ।

कांग्रेसले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशन गरिसकेको छ । अरू हिमाली जिल्लामा पनि मंसिर ६ भित्र जिल्ला अधिवेशन भइसक्ने कांग्रेसले जनाएको छ । यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि आज केन्द्रीय समितिमा पेश गरिनेछ ।

 

prabhu bank
nawakantipur long