citizens life insurance long ad

सरकारलाई पुर्णता दिने सहमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिने लगायत विषयमा सहमति गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजाने लगायत विषयमा सहमति भएको बैठकमा सहभागी एक नेताले बताएका छन।

बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा, समसामयिक राजनीति लगायत विषयमा पनि छलफल भएको र छलफल भएका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता महिन्द्रराय यादव लगायत सहभागी भएका थिए ।

 

IME Life
kumari