असोज २ गते निजामती संगठनको भेला
काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला असोज २ गते काठमाडौंमा हुने भएको छ । संगठनको केन्द्रीय कमिटी बैठक तथा रास्ट्रिय भेला असोज २ गते माइतीघरको कार्की ब्यान्केटमा हुनेछ।
नेकपा एकीकरण र पार्टी विभाजनको समय सम्म संगठनको परिचालन र बैठक समेत हुन् नसकेको अवस्थामा देशका ३३ हजार कर्मचारीहरुको साझा संगठनको भेलालाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने अध्यक्ष केदार प्रसाद देवकोटाले जानकारी दिएका छन।
भेलामा ७७ जिल्लामा जिल्ला समिति,६८ जिल्लाका रास्ट्रसेवक सहकारी,३९ मन्त्रालय कमिटी , केन्द्रीय कमिटी र अगुवा कर्मचारी नेताहरुको भेलामा एक हजार भन्दा बढी संख्यामा सहभागिता रहने बताउदै अध्यक्ष देवकोटाले सोही भेलाबाट रास्ट्रिय कर्मचारी संगठन (निजामती) बाट नेतृत्व सहित संगठनमा समाहित गर्ने तयारी रहेको छ।
अहिले संगठनका केही पुर्व अध्यक्षहरु र वर्तमान महासचिव लगायतले भेलाको वारेमा भ्रम छरिरहेको बताउदै बरिस्ट उपाध्यक्ष लेखनाथ कोइरालाले भेलाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन।
असोज २ गतेको भेलाले नेतृत्व,विधान र संगठन परिचालनका विशेष योजना पारित गर्ने बताउदै संगठनकी उपाध्यक्ष भवानी दाहालले कुनै उल्झन र भ्रममा नपरी भेला सफल बनाउन सबैमा आग्रह गरेकी छिन।


























