citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन, राष्ट्रपति समक्ष सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा संसद विघटन गरेका छन् ।

आज विहान बसेको मन्त्रिपरिषदको बैठकबाट प्रम ओलीले वर्तमान संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका छन् ।

प्रधानमन्त्री ओली संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति निवास शितल निवासमा जाने क्रममा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

दुई तिहाई जनमतसहित प्रधानमन्त्री बनेका केपी ओलीले आफ्नै पार्टीभित्रबाट चर्को असहयोग पछि संसद विघटन गर्ने निर्णय गरेका हुन् ।

IME Life
kumari