citizens life insurance long ad
stcnepal long ad

रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने देउवाको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

तनहुँ प्रशासनले बुधवार पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिइएका पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको सङ्केत भएको देउवाको भनाई छ ।

‘घटना आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले सरकारको प्रवृत्ति विरुद्ध देशव्यापी प्रतिरोध गरिने बताएका छन्।

सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ देउवाले भनेका छन्।

सभापति देउवाले बुधवार अपराह्न विज्ञप्ति निकालेर ‘नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको सङ्केत’ भनेका छन्।

निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ।

IME Life
kumari