citizens life insurance long ad
stcnepal long ad

उमेश श्रेष्ठ नेपाली काँग्रेसको कोषाध्यक्षमा मनोनीत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको काँग्रेसले विज्ञप्ति मार्फत जनाएको छ ।

पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि काँग्रेसको आर्थिक विभागमा थिए । २०७९ मा चितवन–२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो । काँग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

 

IME Life
kumari