stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभयो ।

उहाँले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधान सहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताउनुभयो ।

पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उहाँको भनाइ थियो । उहाँले विभाग प्रमुख तथा सचिवहरूलाई मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिनुभयो ।

बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले एमाले र कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको उल्लेख गर्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी सुझाव दिन विभागका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निरासा हटाउन दुई ठूला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेका बताउनुभयो ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्नेलगायत समस्या समाधान गर्न देश अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा पार्टीका ३२ वटै विभागका प्रमुखहरूले आ–आफ्ना विभागका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

prabhu mahalaxmi
kumari