stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रानीपोखरीको पुनःनिर्माण सूचारु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार

काठमाडौँ । पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै केही कामदारबाट पुनःनिर्माणको काम सुरु गरिएको हो ।

कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले थोरैको सङ्ख्याबाट काम सुरु गरिएको प्राधिकरणका स्थलगत संयोजक धु्रव पौडेलले जानकारी दिनुभयो । पाँच वर्षअघि २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण भत्किएको रानीपोखरीको पुनःनिर्माण कार्य २०७७ साल वैशाख १२ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य भए पनि बन्दाबन्दीले पूरा हुन सकेको थिएन ।

ऐतिहासिक रानीपोखरी र रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मेवारी सीएम तुल्सी कन्स्ट्रक्सनले लिएको छ । सो कन्स्ट्रक्सनले पुरातात्विक शैलीमा रानीपोखरी र मन्दिरको पुनःनिर्माण १० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लिए पनि समयमा सम्पन्न भएन । पोखरी निर्माणको करिब ८० प्रतिशत र मन्दिरको ४० प्रतिशत काम सम्पन्न भइसकेको दाबी कन्स्ट्रक्सन कम्पनीको छ । पौडेलले निर्माण कम्पनीले दाबी गरेअनुसार काम सम्पन्न भइसकेको जानकारी दिए ।

प्राधिकरणका अनुसार पोखरी निर्माणमा १४ करोड र मन्दिर निर्माणमा १० करोड रुपियाँ गरी २४ करोड रुपियाँ बजेट छुट्याइएको छ । रानीपोखरी करिब ६३ रोपनीमा फैलिएको छ भने पोखरीको गहिराइ पाँच फिटभन्दा माथि रहेको छ ।

मल्लकालीन रानीपोखरी भूकम्पका कारण भत्किएर पानीसमेत सुकेको थियो । रानीपोखरीमा पानीको व्यवस्था गर्न पोखरीको किनारामा डिप बोरिङ गरी पानी निकाल्ने कामसमेत सम्पन्न भइसकेको छ । पोखरीका लागि करिब ३२ करोड लिटर पानीको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

चैत ११ गते मुलुकमा बन्दाबन्दी सुरु गरेसँंगै निर्माण कार्य रोकिएको थियो । काम रोकिएको ४ पुनःनिर्माणमा दैनिक ६४ जना दक्ष कामदार खटिँदै आएकोमा अहिले १०÷१२ जनाबाट काम भइरहेको छ । मजदुरले नै आफू पुनःनिर्माण कार्यमा खटिन तयार रहेको बताएपछि प्राधिकरणले काम सुरु गर्न निर्देशन दिएको हो ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari