citizens life insurance long ad
stcnepal long ad

घातक रोगको उपचारका लागि १० लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरूका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ ।

कोषले सामाजिक योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएको हो ।

यसका साथै घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तिमा २ वर्ष योगदान गर्ने योगदान गर्ने योगदानकर्ताको कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, मोफेलिया वा थालासेमिया रोगहरूको लागि सेवा आवधिभर १० लाखसम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । आजको कारोबार दैनिकबाट

 

IME Life
kumari