citizens life insurance long ad
stcnepal long ad

महानगरको निशानामा ‘अन्डरग्राउन्ड’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ ।

‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ ।

महानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ ।

महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो ।

‘अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही  थालिएको’ प्रमुख साहले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

IME Life
kumari