citizens life insurance long ad
stcnepal long ad

बिजुली अभावले उदयपुर सिमेन्ट उद्योग बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

उदयपुर। उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत असार ९ गते रातीदेखि बन्द उद्योगलाई दैनिक करिब एक करोड घाटा रहेको उद्योगका नायव महाप्रवन्धक विजय ठाकुरले बताउनुभयो ।

उद्योग पूर्णरुपमा सञ्चालन हुन ६ मेगावाट आवश्यक पर्नेमा हाल २ मेगावाट मात्र प्राप्त भइरहेको, त्यसमा पनि भोल्टेज गडबडी भइरहने र निकै कम आएकाले उद्योग सञ्चालन हुन सकेको छैन । उद्योगले मुख्यगरी क्लिङ्कर उत्पादन गर्न नसक्दा सिमेन्ट उत्पादन र विक्री ठप्प भएको छ ।

 

 

गत असार ९ गते राती चट्याङ्ले सिरहाको लहानस्थित विद्युत सबस्टेशनको ट्रान्सफरमरमा क्षती पुर्याएकोमा मर्मतमा ढिलाई भएको छ ।

मर्मतका लागि अझ एकहप्तासम्म लाग्नसक्ने विद्युत प्राधिकरण, उदयपुर वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो ।

बिग्रिएको ट्रान्सफरमर मर्मत गरी पूर्ण क्षमतामा काम नगरेसम्म उद्योग चल्ने अवस्था छैन । उद्योगले दैनिक ६ सय टन क्लिङकर उत्पादन गर्दै आएको थियो भने दैनिक आठ हजार बोरासम्म सिमेन्ट विक्री गर्दै आएको थियो ।

हाल भने उद्योगले उत्पादन गर्ने गैडाछाप सिमेन्ट बजारमा अभाव छ । नेपालको सबैभन्दा गुणस्तरीय सिमेन्टमा परिचित गैडाछाप सिमेन्ट अभावमा विभिन्न भवन संरचनाहरु निर्माण प्रभावित बनेको छ ।आजको गोरखापत्र दैनिकबाट

 

IME Life
kumari