citizens life insurance long ad
stcnepal long ad

सर्वसाधारणलाई घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सरकारको यही १३ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा पाँच सयभन्दा बढी र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भेटिएमा प्रमुख जिल्ला अधिकारीलाई वैशाख १६ गतेपछि जुनसुकै बेला १५ दिनसम्म निषेधाज्ञा जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अतिप्रभावित जिल्लाहरूमा कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि काठमाडौँ उपत्यका लगायतका जिल्लाहरूमा १६ गतेबाट निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ ।

निषेधाज्ञामा सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु वा सेवा आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण र नियमन गर्न निषेध आदेश जारी गर्न सक्ने व्यवस्थाअनुरूप उपत्यकाको तीन जिल्लामा निषेधाज्ञा जारी भएको उहाँले विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।

यस्तो अवस्थामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा पनि रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न र नगराउन मन्त्रालयबाट बिहीबार जारी विज्ञप्तिमा अनुरोध गरेको छ ।

त्यस्तै कोभिड–१९ सङ्क्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको प्रयासका अतिरिक्त अन्य सरोकारवाला निकाय, सहयोगी सङ्घ, संस्थाबीच सहकार्य पनि त्यत्तिकै जरुरी रहेकाले सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि जारी निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

यसैबीच मुलुकका विभिन्न जिल्लामा बिहीबार बिहानबाट जारी निषेधाज्ञाको पूर्णपालना र प्रभावकारी भएको मन्त्रालयले जनाएको छ । उपत्यकाको तीन जिल्लामा सवारी आवागमन तथा सर्वसाधारणको चहलपहल ठप्प छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले एक हजार २४८ वटा सवारी साधन प्रहरीले बीच सडकमै ‘होल्ड’ गरिदिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार दुई हजार सर्वसाधारणलाई सम्झाइ–बुझाई गरी फिर्ता पठाएको छ ।
आफूखुसी सवारी चलाई निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै होल्ड गरिएका सवारीसाधनहरूमा ९१५ दुई पाङ्ग्रे र ३३३ चार पाङ्ग्रे सवारीसाधन रहेका छन् । केही समयको होल्डपछि सवारी धनीलाई फिर्ता गरिएको जानकारी महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्याम अधिकारीले दिनुभयो ।

त्यस्तै निषेधाज्ञाको प्रवाह नगरी आफूखुसी सडकमा हिँडिरहेको अवस्थामा काठमाडौँबाट एक हजार एक सय, ललितपुरबाट छ सय र भक्तपुरबाट ४१८ जनालाई नियन्त्रणमा लिई घर फर्काइएको छ । गृह मन्त्रालयले अत्यावश्यक काम परेमा नजिकको प्रहरी कार्यालय वा प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

बिहान काठमाडौँ उपत्यका प्रवेश नाकाहरूमा सवारी जाँच तथा पास व्यवस्थापनका कारण सवारीसाधन बाक्लो देखिएको थियो तर दिउँसोबाट घटेको भनाइ प्रहरीको छ ।
निषेधाज्ञा कार्यान्वयनका लागि उपत्यकाको १४८ भन्दा बढी स्थानमा ट्राफिक प्रहरी र दुई सयभन्दा बढी चोकमा जनपथ प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । आजको गोरखापत्र दैनिकबाट

 

IME Life
kumari