stcnepal long ad
ime life insurance
national life
global ime bank long

आफ्नै ढिलाइले महँगोमा भारतबाट बिजुली किन्दै प्राधिकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना बनाएको छ । यसमध्ये ३५० मेगावाट ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ल्याउने गरी सम्झौता गरिसकेको छ ।

हालै भारतबाट बिजुली ल्याउनका लागि नोडेल एजेन्सी तोकिएको एनभीभीएनसँग डिसेम्बरदेखि अप्रिलसम्म सो परिमाणमा ल्याउने सम्झौता गरे पनि ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा तोकिएको परिमाणमा ल्याउन नसकेर महँगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको हो ।

हाल ढल्केबरमा १६० एमभीएका दुई ट्रान्सफर्मर मात्र चालू अवस्थामा छन् । यी ट्रान्सफर्मरबाट २७० मेगावाटमात्र बिजुली किन्न सकिन्छ । ३५० मेगावाट बिजुली ढल्केबर–प्रसारण लाइनबाट ल्याउनका लागि निर्माणमा रहेका ३ सय १५ एमभीएका दुई ट्रान्सफर्मरमध्ये एउटा निर्माण हुनैपर्छ । तर, प्राधिकरण व्यवस्थापनले समयमै निर्णय लिन नसक्दा हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

ढल्केबर–मुजफ्फरपुरबाट सम्झौताअनुसार बिजुली ल्याउन नसके प्राधिकरणले १३२ केभीका अन्य प्रसारण लाइनबाट बिजुली आयात गर्नुपर्ने हुन्छ ।

विद्युत् प्राधिकरणका अनुसार, ढल्केबरबाट बिजुलीको भाउ हालै ४।३५ भारतीय रुपैयाँबाट सस्तिएर ४।१८ भारतीय अर्थात प्रतियुनिट ६।६८ पैसामा झरेको छ । सो प्रसारण लाइनबाट बिजुली ल्याउन नसके १३२ केभीको प्रसारण लाइनबाट प्रतियुनिट २ रुपैयाँ बढी ६।१८ भारतीय रुपैयाँ अर्थात ९।८८ नेपाली रुपैयाँमा बिजुली किन्नुपर्छ ।

चार वर्षअघि सम्पन्न गर्नुपर्ने सवस्टेशनसहित ट्रान्सफर्मरको काम समयमै गर्न नसक्दा प्रति युनिट ३।२० पैसा महँगो तिर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

प्राधिकरणका अनुसार टनकपुरको बिजुली ढल्केबरभन्दा प्रति युनिट चार पैसा सस्तो छ तर यो लाइनबाट ७० मेगावाटसम्म मात्र लिन सकिन्छ ।

प्राधिकरणको यो तथ्यांकले के देखाउँछ भने ५ सय मेगावाटमध्ये २ सय ७० मेगावाट ढल्केबरबाट र ७० मेगावाट टनकपुरबाट तथा महाकाली सम्झौता अनुसारको १६ मेगावाटको टनकपुरबाट निःशुल्क ल्याउन पाइन्छ । ३१५ केभीको ट्रान्सफर्मर समयमै नबनाउँदा प्राधिकरणले ८० मेगावाट बिजुली प्रति युनिट ३।२० महंगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्राधिकरणका एक अधिकारीका अनुसार, ठेकेदारसँगको ठेक्का व्यवस्थापन र भेरियसन विवादका कारण १५र२० दिनमा चार्ज हुने सक्ने अवस्थामा रहेको ट्रान्सफर्मरको काम अझै हुन सकेको छैन ।

प्रसारण लाइन निर्देशानालयका निमित्त उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ विगतमा १६० एमभीएका दुई ट्रान्सफर्मरको सट्टा ३१५ एमभीएका दुई ट्रानसफर्मर बनाउने प्रक्रिया अघि बढे पनि पछि चारवटै बनाउने निर्णयको कारण केही ढिलाई भएपनि अब छिट्टै सम्पन्न हुने बताउँछन् ।

“पहिला ३१५ एमभीएको ट्रान्सफर्मर बनाउने योजना थिएन, पछि दुवै बनाउने भएपछि यसको कार्यक्षेत्र ९स्कोप० मा नपरेपछि केही ढिलाइ भएको हो तर प्राधिकरण व्यवस्थापनले समयमै निर्णय गरेर प्रकृया अघि बढिसकेको छ,” उनी भन्छन्, “३१५ एमभीएका दुइमध्ये एक चार्जका लागि कन्ट्रोल वाइरिङ, लिंक लगायतका काम बाँकी छ, यसका लागि छलफल भइरहेको छ, चाँडै टुंगिएर दुई महिनाभित्र बनाइसक्छौ, कोभिडको कारणले पनि ढिलाइ भयो ।”

वर्षाको कारणले अहिले विद्युत् प्राधिकरणले १३२ केभीका कुनै प्रसारण लाइनबाट बिजुली आयात गरेको छैन तर हिउँदमा भने गर्नुपर्छ ।

समयमै ट्रान्सफर्मर निर्माण हुन सकेको भएन ढल्केबर र टनकपुरबाट ३ सय ५६ मेगावाट सस्तो बिजुली आयात गरी ५ सय मेगावाटमध्ये १४६ मेगावाट मात्र अन्य प्रसारण लाइनबाट ल्याए पुग्ने थियो ।

“जे जे कारणले भनेपनि प्राधिकरणकै कारण ट्रान्सफर्मर निर्माणमा ढिलाई हुँदा प्राधिकरण आफैले महंगो बिजुली किन्नुपर्ने अवस्था सिर्जना भएको छ, यसतर्फ प्राधिकरण व्यवस्थापनले गम्भीरता नअपनाए महँगोमा बिजुली किनेर करोडौं गुमाउनुपर्छ,” प्राधिकरणका एक अधिकारीले भने, “नेपालकै ठूलो सवस्टेशन चार्ज भयो भनेर मन्त्रालय र प्राधिकरणमा खुशीयाली त मनाइयो तर सम्झौता गरेअनुसार बिजुली ल्याउन नसक्ने अवस्था छ भनेर कसैलाई हेक्का छैन, महँगोमा बिजुली किन्नुपर्ने यथार्थतालाई बेवास्ता गरिएको छ ।” आजको कारोबार दैनिकबाट

IME Lifesidebar
kumari