stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ग्राण्डी सिटी अस्पतालको दर्ता छैन !

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा.लि ।
यसको दर्ता कुन सरकारी निकायमा भएको छ भनेर सबै सम्बद्ध निकाय चहा¥यो, तर कतै भेटेन । खोजीको शुरुआत मन्त्रालयबाटै गरियो ।

दुईसय बेडभन्दा माथिको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग वा क्षेत्रीय निर्देशनालयले स्वीकृति दिनुपर्ने प्रावधान रहेको छ ।

हाल ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा लि के कति बेडमा सञ्चालन छ र कहाँ स्वीकृति लिएको छ आफूलाई जानकारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्य सेवाको गुणस्तर सम्बन्धमा प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयको करिब एक किलोमिटर निकट वर्षौंदेखि सञ्चालित अस्पतालको वैधताबारे मन्त्रालयलाई थाहा नभए पनि विभागलाई हुनसक्छ ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक ड.। तारानाथ पोखरेलले भन्नुभयो– ‘२०७७ असार ३१ गते चलानी नं ४७७ बाट ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा.लि काठमाडौंका नाममा काटेको पत्रमा आवश्यक कागजात तुरुन्त उपलब्ध गराउन माग गरिएको देखिन्छ, अरू जानकारी छैन ।’ महाशाखाले पनि दर्तासम्बन्धी विवाद बाहिर आएपछि मात्र पत्राचार गरेको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट

prabhu mahalaxmi
kumari