stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

केरुङ नाकामा अझै रोकिए हजारभन्दा बढी कन्टेनर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका छन् ।

कोरोना महामारीका कारण गत माघबाट उत्तरी नाकाहरू बन्द गरिँदा नेपाली व्यवसायीहरूले गतवर्ष नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पललगायत विद्युतीय सामग्रीसमेत गरी करीब हजारभन्दा बढी कन्टेनर सामान १० महीनादेखि केरुङ नाकामा रोकिएका छन् ।

बीचमा केही समय रसुवागढी र तातोपानी नाका सुचारु भए पनि पछिल्लो समय पुनः बन्द हुँदा नजिकिँदै गरेको दशैंका लागि सामान ल्याउन पाइने÷नपाइने चिन्तामा व्यवसायी छन् ।

व्यवसायीहरूले नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहलको आग्रह गर्दै सरकारका विभिन्न निकायमा ज्ञापनपत्रसमेत बुझाइरहेका छन् ।

व्यवसायीहरूले हालसम्म परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका नेता बाबुराम भट्टराईदेखि सत्तारूढ नेकपाका मन्त्रीहरूसँग पनि बारम्बार भेटेर आफ्ना समस्या राखेका छन् ।

उनीहरू सबैले पहल गरिदिने बताए पनि आश्वासनबाहेक केही गर्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको गुनासो छ ।

चीनमा कोरोना महामारी कम हुँदै गएपछि वैशाखको तेस्रो साताबाट खुलेको रसुवाढी भन्सार यस बीचमा पुनः दुईपटक बन्द भएको छ । त्यसमाथि, रसुवागढी भन्सारबाट चिनियाँ पक्षले फलफूल बाहेकका अन्य सामान दैनिक रूपमा पाँच गाडी मात्रै नेपाल प्रवेश दिने हुँदा महीनौंदेखि नाकामा अलपत्र नेपाली व्यवसायीहरूको सामान आयातमा कठिनाइ हुँदै आएको छ ।

पछिल्लो समय नाकामा काम गर्ने एक कामदारमा कोरोना संक्रमण देखिएपछि करीब २ सातादेखि नाका पूर्ण रूपमा ठप्प छ । हाल ती संक्रमित कामदार निको भएर घर फर्किसके पनि चिनियाँ पक्षले नाका सुचारु गर्न आनाकानी गरिरहेका कारण सामान आयातमा अभैm समय लाग्न सक्ने देखिएको छ ।

लामो समयदेखि नाकामा सामान अलपत्र रहँदा पनि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको व्यवसायीहरू बताउँछन् । ‘१० महीनादेखि नाकामा सामान अड्किँदा बिग्रने तथा सड्ने सम्भावना बढेको छ ।

सामान खरीद गर्दाको लगानी खेर जाने चिन्ता बढेको छ,’ राष्ट्रिय व्यापार संघ न्यूरोडका सचिव केदार न्यौपाने भन्छन् ।

उनका अनुसार गतवर्षको गर्मी मौसमका लागि आयात गरिएका सामान हालसम्म पनि नआउँदा यस वर्षको दशैंतिहारका निम्ति सामान आयात गर्न व्यवसायीहरूलाई समस्या परेको छ ।

व्यवसायीहरूले बन्दाबन्दीका कारण लामो समयसम्म व्यापार व्यवसाय ठप्प भएको अवस्थामा बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने अवस्था नभएकाले समय थप गर्नुपर्ने मागसमेत सरकारसमक्ष राख्दै आएका छन् ।

यद्यपि रोकिएको सामान आयात गर्नेदेखि व्यवसायीका अन्य समस्यामा पनि आश्वासन पाउनुबाहेक अरू केही नभएको महासंघ अध्यक्ष कटुवालले बताए ।

रसुवागढी भन्सार प्रमुख पुण्य पौडेल नाकामा सामान लोड–अनलोड गर्ने कामदारमा कोरोना संक्रमण देखिएपछि नाका बन्द गरेको चिनियाँ पक्षले ती कामदार निको भएर घर फर्किसके पनि नाका खोल्न नमानेको बताउँछन् । त्यसैले नाका सुचारु गर्न सरकारले नै चिनियाँ पक्षसँग कूटनीतिक छलफल गर्नुको विकल्प नरहेको उनको बुझाइ छ ।

चिनियाँ पक्षसँग विभिन्न समय नाका सुचारु गर्न र ठूलो परिमाणमा सामान छाड्न यसअघि गरिएका सबै पहल विफल भएकाले सरकारले नै यसमा चासो दिनुपर्ने पौडेल बताउँछन् ।

तर, जुनसुकै निकाय धाए पनि आश्वासन बाहेक सामान ल्याउनेबारे अहिलेसम्म कुनै प्रगति हुन नसकेको व्यवसायीहरू बताउँछन् ।आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari