stcnepal long ad
ime life insurance
national life
global ime bank long

कांँग्रेस महाधिवेशन प्रभावित हुनसक्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली कांँग्रेसको फागुनमा हुने तय भएको १४औँं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरण प्रक्रिया नै सुरु नहुने हुँदा समस्या हुने भएको हो ।

पछिल्लो पटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो । अझै ११ वटा जिल्लामा समायोजन हुन बाँकी नै छ ।

कांँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी कोभिड–१९ का कारण बैठक बस्न र सम्बन्धित जिल्लाबाट साथीहरू आउन समस्या भएकाले ढिलाइ भएको बताउनुहुन्छ । अहिले काठमाडौंँ उपत्यकासहित राई–मधेसका अधिकांश क्षेत्रमा कोरोनाका कारण बन्दाबन्दी छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने ११ जिल्लामध्ये आठ वटा जिल्लाको समायोजनका लागि कागजपत्र केन्द्रीय कार्यालयमा आइपुगेको तर निर्वाचन समितिको बैठक बस्न नसक्दा केही ढिलाइ भएको स्वीकार गर्नुहुन्छ । उहाँले सप्तरी, धनुषा र मुस्ताङको मात्रै समायोजनका कागजपत्र आउन बाँकी रहेको जानकारी दिनुभयो ।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । केन्द्रका शीर्ष र जिम्मेवार नेता समायोजनको काम पूरा गर्न र क्रियाशील सदस्यता नवीकरण गर्र्ने कार्यमा उत्प्रेरित र सहजीकरण गर्नेभन्दा पनि धमाधम सभापतिको उम्मेदवारी घोषणा गर्न व्यस्त छन् ।

जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो ।

त्यसमा पनि नयाँ क्रियाशील सदस्यता फाराम अहिलेसम्म ३५ जिल्लाले मात्रै लगेका छन् । ११ जिल्लाको समायोजन कार्य नै सकिएको छैन, ती जिल्लामा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता वितरणको कार्य अगाडि बढ्न सकेको छैन ।

यही गतिमा काम हुने भयो भने त फागुनमा महाधिवेशन नहुने भयो होइन भनी राखिएको जिज्ञासामा मुख्यसचिव पौडेल भन्नुहुन्छ, ‘‘केन्द्रीय सभापति, जिल्ला सभापतिदेखि वडा तहसम्मका कांँग्रेसका सभापति फागुनमै महाधिवेशन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध हुनुहुन्छ । ’’

जिल्ला सभापतिहरूले दैनिक पाँच घण्टा लगाएर काम गरिन्थ्यो भने अब १५ घण्टा समय दिएर काम गर्छौं तर कोरोनाको महामारीले समस्या छ, केही दिन पर्खन आग्रह गरेको जानकारी मुख्यसचिव पौडेलले दिनुभयो ।
कांँग्रेसको साउन २२ गतेको पदाधिकारी बैठकले १४औँं महाधिवेशनका लागि क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

हाल पार्टीमा करिब पाँच लाख क्रियाशील सदस्य छन् र त्यत्तिकै सङ्ख्यामा थपेपछि क्रियाशील सदस्यको सङ्ख्या १० लाखको हाराहारीमा पुुग्नेछ तर क्रियाशील सदस्यता नवीकरण गर्ने नयाँ क्रियाशील सदस्यता कहिलेसम्म वितरण गर्ने भन्ने अन्योल कायमै छ, यस विषयमा केन्द्रले थप निर्णय गरेको छैन । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari