stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अविरल वर्षाका कारण कुलेखानीमा पानीको सतह बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

हेटौँडा । लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५।३६ मिटर पुगेको जनाइएको छ ।
कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाबाट विद्युत् उत्पादन नहुँदा जलाशयमा प्रतिघण्टा आठ सेन्टिमिटर पानीको सतह बढ्छ । यो वर्ष आइतबारबाट अधिक पानी पर्दा जलाशयमा प्रतिघण्टा २० सेन्टिमिटरसम्म पानीको सतह बढेको थियो ।
गत वर्ष यही समयमा जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५२६।२५ मिटर पुगेको थियो ।

जलाशय क्षेत्रमा गत वर्ष यो वर्षभन्दा बढी वर्षा भएकाले पानीको सतह बढी रहेको बताउँदै आयोजना प्रमुख यादवले यो वर्ष पनि जलाशयमा पानी जम्मा हुने क्रम राम्रो रहेको बताउनुभयो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय इन्द्रसरोवर तालको समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमताको छ ।
सात मिटर लम्बाइको जलाशयमा आइतबार अनुपातमा मङ्गलबार जलाशयको सतह साढे तीन मिटर पानी बढेको थियो । मङ्गलबार साँझ ८ः०० बजेसम्म पानीको सतह एक हजार ५१४ मिटर ५३ सेन्टिमिटर पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता छ ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari