citizens life insurance long ad
stcnepal long ad

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

थाइल्याण्ड र म्यानमारमा सूचना प्राविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बुझ्न पनि भनेको छ ।

‘आफैँले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेबसाइट, टेलिफोन र इमेल मार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ ।’

IME Life
kumari