citizens life insurance long ad
stcnepal long ad

ई–क्यान महासचिवमा भुसालको उम्मेदवारी घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) का महासचिव दीपकराज भुसालले अर्को कार्यकालका लागि महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्।

असार ३० गते हुने निर्वाचनमा उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘निरन्तर सक्रिय, सदैव पारदर्शी, खारिएको अनुभव र सुदृढ ईक्यान’ उनको नारा छ ।

प्राप्त उपलब्धि संरक्षण गरी व्यवसायमाथिको आक्रमणलाई निस्तेज पार्न संस्थालाई अझ बढी प्रभावकारी र सुदृढ गर्नु पर्नेु भएकोले आफूले महासचिवको तयारी गरेको उनले बताए ।

सदस्य, सचिव र महासचिवको जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरेको अनुभवलाई शैक्षिक परामर्श व्यवसायीका हक हितका निम्ति उपयोग गर्नेु पनि उनले प्रतिवद्धता जनाएका छन् ।कोभिडकालमा गर्न नपाएका केही कामलाई संस्थागत गर्न पनि आफूले चाहेको भुसालले बताए ।

‘करिब ३५ वर्षदेखि नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकास क्रम रहे पनि हालसम्म पनि हाम्रो व्यवसाय नीतिगत रुपमा संक्रमणकालीन अवस्था र अत्यन्त विषम परिस्थिति बाट गुज्रिरहेको छ।

निर्देशिका आंशिक रुपमा सच्चिएको अवस्था छ तर शिक्षा मन्त्रालयले ल्याउँदै गरेको नियमावलीमा हाम्रो क्षेत्रलाई गम्भीर असर पार्ने नीति बिरुद्द संघर्ष गर्दै यस क्षेत्रलाई अझ सुरक्षित तथा मर्यादित बनाउनु पर्ने चुनौती पनि विद्यमान छ।’ भुसालले भने ।

असार ३० गते हुने चुनावमा शेषराज भट्टराई र विष्णुहरि पाण्डे अध्यक्षको प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनीहरूले अझै घोषणा गरेका छैनन् ।

 

IME Life
kumari