citizens life insurance long ad
stcnepal long ad

लोबल शेपर्स कम्युनिटी काठमाडौले एनसेलको सहकार्यमा जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया २०२३ आयोजना गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ  । ग्लोबल शेपर्स कम्युनिटी काठमाडौले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यहि जेठ ५ गते देखि ७ गते सम्म काठमाडौमा जलवायु परिर्वतन सम्बन्धि सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ ।

यस तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरु गरि १४ देशका १२० भन्दा बढी युवाहरु ‘शेपिङ् क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला हुँदै छन् ।

सहभागीहरुले जलवायु परिवर्तनका प्रतिकुल प्रभाव न्युनिकरणका नवीन र लागु गर्न सकिने विभिन्न समाधानका उपायहरु प्रस्तुत गर्नेछन् ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा संगठनहरुको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धि गर्न सकिने कार्यहरुको विकास गर्न र जलवायु परिवर्तनको समस्याको समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्घता हस्ताक्षर जस्ता विभिन्न कार्यहरुहरु सुरुवात गर्ने गरि शेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा सहभागी राष्ट्रका शेर्पसहरुले आ–आफ्नो पाटोबाट अर्बन पोलिटिक्स देखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन् ।

ग्लोबल शेपर्स कम्युनिटी काठमाडौका क्युरेटर सौरभ शाहले यस कार्यक्रमको बारे आफ्नो उत्साह व्यक्त गदै भने, “शेप साउथ एसिया जलवायु परिवर्तन सम्बन्धि कार्यगर्न क्षेत्रिय स्तरमा शुरु भएको युवाहरुको सामुहिक पहल हो ।

काठमाडौंमा हुने यो कार्यक्रम मार्फत हामी विभिन्न देशका युवाहरुको संयुक्त पहलमा एड्भोकेसी पेपर तयार पार्ने छौ र दक्षिण एसियामा जलवायु परिवर्तनको समस्या न्यूनिकरण गर्न नेपालका निजी क्षेत्रको प्रतिबद्घता लिएर एक मार्गचित्र तयार पार्ने छौ ।”

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरुप प्रमुख सहयोगीको रुपमा शेप साउथ एसिया २०२३ मा आबद्घ भएको छ । एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले भने, “आजियाटा गु्रपको इन्भारोमेन्टल, सोसाइटी एन्ड गभरनेन्स (ईएसजी) फ्रेमवर्कमा रही वातावरण, समाज र सुशासनअन्तर्गत दीर्गकालीन र प्रभावकारी सामाजिक कार्यहरु गर्न एनसेल तत्पर रहेको छ ।

जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरु न्युनिकरणको लागि सामुहिक प्रयासका रुपमा हुन गईरहेको यस महत्वपूर्ण सम्मेलनमा ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।”

यस सम्मेलनका लागि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले निजी क्षेत्र, उद्योग व्यवसाय, स्थानीय तथा विदेशी सँस्थाहरुसँग सहकार्य गरेको छ ।

प्रमुख सहयोगीहरुमा एनसेल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसि), सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), नबिल बैंक आदि रहेका छन् । यस कार्यक्रमको प्राविधिक सहयोगीमा क्लाईमेट रियालिटी टिम र योङ् ग्लोबल लिडर्स नेपाल रहेको छ ।

ग्लोबल शेपर्स कम्यूनिटी, वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) अन्तर्गत विभिन्न क्षेत्रमा आधारित युवाहरुको पहल स्वरुप स्थापना भएको कम्यूनिटी हो र यसमा आबद्घ ४५० भन्दा बढी कम्यूनिटी हबले विश्वभरी विभिन्न प्रभावकारी कार्यहरु गदै आएको छ ।

शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सकालागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो ।

IME Life
kumari