sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बिश्व सम्पदा दिवसको उपलक्ष्यमा हस्तकला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  बिश्व सम्पदा दिवसको उपलक्ष्यमा हस्तकला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी ललितपुर दरवार स्क्वायर सम्पन्न भएको छ ।

बिश्व सम्पदा दिवस २०२३ (  World Heritage Day 2023 ) को उपलक्ष्यमा बिश्व सम्पदा सूचीमा रहेको ललितपुर दरवार स्क्वायर क्षेत्रमा नेपाल सम्पदा संघको आयोजनामा हेरिटेज वाक, कला प्रदर्शनी, मेला, सास्कृतिक प्रदर्शनी, पुस्तक प्रदर्शनी , प्रवचन तथा सास्कृतिक कार्यक्रम सहित अन्य बिबिध कार्यक्रमका साथ २०८० बैशाख २ गते शनिबार देखि बैशाख ५ गते मंगलबार सम्म भब्यतापूर्वक सम्पन्न भएकोछ ।

सोही अवसरमा सम्पदा संरक्षणबाट हस्तकलाको संरक्षण र प्रवद्र्धन हुने तथा नेपाली
सम्पदा र नेपाली हस्तकलाको अन्तर सम्बन्ध दर्शाउन नेपाल हस्तकला महासंघ तथा नेपाल सम्पदा संघको संयुक्त आयोजना र सहकार्यमा बिश्व सम्पदाको सूचीमा रहेका ललितपुर दरवार स्क्वायरको पाटन संग्रहालयको परिसरमा बिभिन्न बिधाका हस्तकला प्रदर्शनी तथा हस्तकला उत्पादनको जीवन्त प्रदर्शनीको आयोजना गरिएको थियो ।

पाटन संग्रहालय बिदेशी पर्यटकहरुबाट पनि अवलोकन गरिने हुनाले पर्यटकहरु मार्फत नेपाली हस्तकलाको प्रचार प्रसार र प्रवद्र्धन पनि हुने अपेक्षा सहित २०८० साल बैशाख २ गते शनिबार देखि ५ गते मंगलबार सम्म तद्अनुसार सन्२०२३ अप्रिल १६ देखि १८ तारिख सम्म आयोजना गरिएको थियो ।

सो प्रदर्शनीमा करिब २ हजार बिदेशी पर्यटकहरु सहित कुल २० हजार ब्यक्तिहरुबाट अवलोकन गरिएको उक्त मेलाका संयोजक दिल्लीरत्न तुलाधरले बताए ।

धातुका मूर्ति, सिङ्गिग बल, सेरामिक्सका बस्तुहरु, पोतेका समानहरु, फेल्ट, चाँदीका गरगहना, नेपाली तयारी पोशाक, ढाकाका बस्तुहरु, मिथिला आर्ट आदिको बस्तुहरु उक्त प्रदर्शनीमा प्रदर्शित गरिएको थियो ।

यसै गरी उक्त प्रदर्शनीमा काष्ठकला, प्रस्तरकला, पुंकला, थोज्याः माँज्याः, मैनकला, चाँदी कला , सेरामिक्स, पौभाकला, मिथिला आर्ट, परम्परागत चित्रकला र जिवन्त चित्रकलाहरुको जीवन्त प्रदर्शनी गरिएको सो कार्यक्रममा करिब ८ लाख मूल्य बराबरको प्रत्यक्ष कारोवार भएको अनुमान गरिएको छ ।

prabhu bank
nawakantipur long