citizens life insurance long ad
stcnepal long ad

क्षत्री समाजको केन्द्रीय परिषद् भेला चैत ४ र ५ मा बुटवलमा हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । क्षत्री समाज नेपालको दोस्रो केन्द्रीय परिषद् भेला बुटवलमा हुँदैछ । आफ्ना विभिन्न माग सरकारले सम्बोधन गर्नुपर्ने दबाबसहित चैत ४ र ५ मा सो भेला हुन लागेको समाजका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

आमखस क्षत्री जातिलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, राज्यबाट निर्धारण गरिएका आरक्षण व्यवस्था जातीय आधारमा भएकोमा खारेज गरी वर्गीयरुपमा हुनुपर्ने, विपन्न र पिछडिएका वर्गलाई जातीयरुपमा नभइ सहयोग आरक्षण व्यवस्था गरिनुपर्ने, खस र आर्यको व्यवस्था अलग अलग हुनुपर्ने, नेपाल राष्ट्रलाई वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा गरिनुपर्ने क्षत्री समाजको माग छ ।

यस्तै, राष्ट्र र राष्ट्रियता विरुद्ध हुने सबैखाले हस्तक्षेप बन्द गरिनुपर्ने, खस राष्ट्रिय आयोग गठन, आर्थिक तरलताको व्यवस्थापनसँगै रोजगारी सिर्जना हुनुपर्ने माग सहित क्षत्री समाजले यसअघि गरेका विभिन्न आन्दोलनमा सरकारसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति २०५२ सालमा स्थापित क्षत्री समाज नेपालको केन्द्रीय कार्यालय पोखरामा छ । देशका ५८ भन्दा बढी जिल्लामा जिल्ला समिति, १० ओटा भातृ समाज, प्रदेश समिति मार्फत संस्था क्रियाशील रहेको महासचिव केशबहादुर केसीले बताए ।

२ दिनसम्म चल्ने परिषद् भेलाको पहिलो दिन बुटवल बजार परिक्रमा सहित हिलपार्कमा पुगी सभा हुनेछ । सभामा विभिन्न व्यक्तिले सम्बोधन गर्ने छन् भने दोस्रो दिन केन्द्रीय, प्रदेश, जिल्ला तथा भातृ समाजका प्रतिनिति सम्मिलित भेला हुनेछ ।

IME Life
kumari