stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली उपभोक्ता संरक्षण महासंघ ग¥यो बिभिन्न समिति गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघले बिभिन्न समिति गठन गरेको छ ।

महासंघको गत माघ २५ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न १५ समितिको सयोजक मनोनयन गरिएको महासंघका प्रवता लुमडी कार्कीले जानकारी दिए ।

गठन गरिएका समतिहरुमा अनुगमन तथा मुल्याकन समितिको संयोजकमा लुमडी कार्की, संगठन सदस्यता तथा ननिबरण समितिको संयोजकमा अर्जुन कुमार खड्का, अनुसन्धान तालिम र बिकास समितिको संयोजकमा लक्ष्मी शर्मा,अनुसासन समिति संयोजक धुब्र बहादुर शाह, आर्थिक समिति दुर्गा थापा, कानून तथा नीति निर्माण समिति संयोजक अधिवत्ता बिष्णु कुमार गिरी, खेलकुद समितिमा सोभितमान गिरी, प्रत्यक्ष बिक्रि समिति अर्जुन कुमार श्रेष्ठ, संघ संस्था समन्वय समिति यशु अधिकारी, प्राबिधिक परामश समिति प्रज्जवल भट्टराई, कृषि समन्वय समिति सुरेन्द्र कुमार जोशी , बिबाद समाधन तथा परामर्श समिति सुमन कुमार लामा, राजश्व परामर्श समिति समिर राना, सहकारी ब्यबस्थापन समिति जय कला बस्नेत संयोजक रहेका समिति गठन गरिएको छ ।

समिति गठनको बारेमा जानकारी दिदै नेपाली उपभोता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालिन र दिर्धकालीन कार्यक्रम संञ्चालन तत्काल सुरु गर्ने जानकारी दिए ।

उपभोक्ता हकहित सम्बन्धि छुट्टै मन्त्रालय गठन गर्न आग्रह गदै अध्यक्ष साउदले भने स्थानिय, प्रदेश र केन्द्र गरी ३ तहमा अधिकार सम्पन्न अनुगमन समिति गठन गरी तीनवटै तहमा नेपाली उपभोक्ता संरक्षण महासंको प्रतिनिधित्व सुनिश्चित गर्न अभियान नै सञ्चाल गर्ने बताए ।

महासंघमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघहरु आबद्ध छन् तथा महासंघको ७ वटा प्रदेश समितिहरु तथा बिभिन्न जिल्ला समितिहरु क्रियाशील छन् । कार्यक्रममा आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन/अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने कार्य महासंघले गदै आएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari