sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

महगिंदै गयो, मूल्यवृद्धि ६.७४%

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार
काठमाडौं । केन्द्रीय बैंकको ९ महिनाको तथ्यांकअनुसार मूल्यवृद्धि ६.७४% पुगेको छ । चालु आर्थिक वर्षको चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति (मूल्यवृद्धि)भन्दा २.३% ले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चैतमा मूल्यवृद्धि ४.४४% रहेको थियो । साथै, चैत महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.६८% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८% रहेको छ । सरकारले गरेको लक डाउनको कारण पनि खाद्यान्नको भाउ आकासिएको हो ।
चैत महिनामा काठमाडौं उपत्यकामा ७.१९%, तराईमा ७.०४%, पहाडमा ५.८४% र हिमालमा ४.८३ % ले मूल्य बढेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४%, ३.९५ %, ४.८०% र ६.२०% रहेको थियो ।
यता, थोक मुद्रास्फीति तर्फ चैतसम्ममा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.७७% रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८% रहेको थियो । चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती बस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२०%, ८.४७% र २.७५% रहेको छ । यसै महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६% ले घटेको छ ।
तलब तथा ज्यालादरीतर्फ भने चैतमा वार्षिक बिन्दुगत सूचकांक ७.४९% ले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ९.५४% ले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक १३.५५% र ज्यालादर सूचकांक ५.८६% ले बढेको छ ।
gold
kumari bank
nawakantipur long