stcnepal long ad
ime life insurance
national life
global ime bank long

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानीमा जरिवाना छुटको घोषणा गरेको छ ।

यातायात व्यवस्था कार्यालयले आउँदो फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट दिने घोषणा गरेको हो ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा उक्त अवधिको जरिवाना छुट गरिने जनाएको छ ।

यस्तै, कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।

साथै, ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।’

कार्यालयले कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना उठाउने समेत जनाएको छ ।

 

IME Lifesidebar
kumari