stcnepal long ad
global ime bank long

भन्सारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार कारोबारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवस २०२० का अवसरमा नेपाल चेम्बर अफ कमर्सले आइतबार चेम्बर भवनमा आयोजना गरेको एक अन्तक्र्रियामा अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
राजश्व सचिव शिशिर ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले भन्सार दरबन्दी घटाउनु पर्ने र कारोबार मूल्यलाई नै मान्यता दिनुपर्ने डब्लूटीओको सिद्धान्त अनुशरण गर्नुपर्नेमा जोड दिए । भन्सार प्रशासनमा विगतको तुलनामा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले राजस्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भन्सारले सहजीकरण गर्नुपर्ने बताए ।

आईसीपीर ड्राई पोर्ट स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुग्ने पनि अध्यक्ष श्रेष्ठले बताए । राजस्व सचिव ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नका लागि राजस्व विभाग र नेपाल चेम्बरबीच समन्वय हुनुपर्ने बताए । राजस्व सचिव ढुंगानाले ‘आर्थिक समृद्धि प्राप्त गर्न हामी एक भएर जानुपर्छ र व्यवसायीहरुको समस्याहरु उचित ढंगले सम्बोधन गर्न हामी सदैव तत्पर रहनुपर्छ ।’

व्यावसायिक वर्गबाट उठेका जिज्ञासाका सन्दर्भमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई पारदर्शी बनाउन आफूहरु कटिबद्ध रहेको बताए।

IME Lifesidebar
kumari