stcnepal long ad
nabil bank
macchha(MBL)

भुक्तानी दाबी गर्ने रकमको समयसीमा तोके

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताले अस्पतालबाट सेवा लिए बापत भुक्तानी दाबी गर्ने रकमको समयसीमा तोकेको छ ।

कोषले सूचना सार्वजनिक गर्दै योगदाताकर्ताले स्वास्थ्य सेवा लिएबापत रकम भुक्तानीका लागि ९० देखि १२० दिनभित्र लिइसक्नुपर्ने समयसीमा तोकेको छ ।

स्वास्थ्य सेवा लिएका योगदानकर्ताले रकम भुक्तानी दाबीका लागि जहिले मन लाग्यो, त्यही आउँदा अन्य कार्यसम्पादनमा समेत असर परेपछि कोषले समयसीमा तोकेको हो । कोषले तोकेको समयसीमा पुस १ गतेदेखि लागू हुने कोषले जनाएको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीले योगदानकर्ताले स्वास्थ्य सेवा लिएबापत दाबी गर्ने समय स्पष्ट नहुँदा भुक्तानी दाबीका लागि एकरडेढ वर्षअघिका समेत आउने गरेको र पैसा दिँदा समस्या आएकाले समयसीमा तोक्नु परेको जानकारी दिनुभयो ।

कोषका अनुसार विभिन्न रोगको औषधि उपचार, दुर्घटना र मातृत्व हेरचाह भत्ता भुक्तानी दाबी डिस्चार्ज भएको ९० दिनभित्र गरिसक्नु पर्नेछ ।

prabhu mahalaxmi
kumari