stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपालगञ्जमा एकै व्यक्तिबाट १५ जनामा फैलियो कोरोना संक्रमण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार

बाँके। दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर जाँचमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित सबै पहिलो सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति हुन्, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाहले भन्नुभयो । नेपालगञ्जको डीएसपी रोडस्थित एक टोलमा बस्ने पहिलो सङ्क्रमित नजिकैको एक मस्जिदमा कार्यरत हुन् । उनले मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसन समेत पढाउँदै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका वडा नम्बर ५ र ८ का ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिँदा १५ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका चिकित्सक डा। बद्री चापागाईंका अनुसार शनिबार सङ्कलन गरिएका मध्ये थप व्यक्तिको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।

 

 

सङ्क्रमित भएका व्यक्तिलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमापारि भारतको रुपैडिया–नानपारा पुगेर फर्किएको पाइएको छ । प्रहरी स्रोतले भन्यो– आफ्ना बिरामी बुबालाई भेट्न पुगेका सङ्क्रमित बन्दाबन्दीको दुई दिनअघि मात्रै फर्किएको पाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सुरक्षा सावधानी अपनाइएको जानकारी दिए। एकै दिन यति जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको कार्य थप अघि बढाइने उनले बताए । आजको गोराखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long