stcnepal long ad
global ime bank long

पञ्चकन्या स्टिलले तीनवटा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार

काठमाडाैं । पञ्चकन्या समूह अन्तर्गतकाे पञ्चकन्या स्टिलले ३ वटा अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ । पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल- महाराजगन्ज र धुलिखेल अस्पताल- धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकाे उपस्थितिमा  पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएकाे समूहले जनाएकाे छ ।
IME Lifesidebar
kumari