stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कोरोनाको पीडामा स्वतन्त्रता दिवस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार

काठमाडौं । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारा सहित यो दिवस मनाइँदैछ । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
यस वर्ष कोरोना सङ्क्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चार माध्यममा सामग्री प्रकाशन/प्रसारण मार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ । रिपोर्टर विदाउट बोर्डर (आरएसएफ)ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं स्थानमा छ । आरएसएफको वाार्षिक विश्लेषण अनुसार नेपाल १८० देशमध्ये ३५.१० अङ्क सहित गतभन्दा भन्दा ६ स्थान तल ११२औँ स्थानमा पुगेको छ ।
गत वर्ष २०१९ मा नेपाल सूचीको १०६औँ स्थानमा थियो । सन् २०१८ मा भने नेपाल यो सूचीको १०० औँ स्थानमा थियो । बहुलवाद, सञ्चार माध्यमको स्वतन्त्रता, स्वनियन्त्रण, पारदर्शिता, पूर्वाधार, हिंसा तथा दुुव्र्यवहार लगायत सूचक विश्लेषण गरी यो सूचकाङ्क तयार गरिने आरएसएफले जनाएको छ ।
दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्स भन्दा पछाडि छ । यो वर्ष भुटान ६७औँ र माल्दिभ्स ७९औँ स्थानमा छन् । अफगानिस्तान १२२औँ, श्रीलङ्का १२७औँ, भारत १४२औँ, पाकिस्तान १४५औँ र बङ्गलादेश १५१औँ स्थानमा छ ।
नेपाल पत्रकार महासङ्घले २०५६ सालदेखि नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूकोे अभिलेखीकरण गर्दै आएको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ । यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेको उल्लेख छ ।
अभिलेख अनुसार पत्रकार गिरफ्तारका आठवटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका तीन, पत्रकारमाथि आक्रमण १३ र दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन् । पत्रकार पेसाबाट विस्थापनको एक र पेसागत असुरक्षाका तीनवटा घटना भएका छन् ।
राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको महासङ्घले जनाएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासङ्घको ठहर छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालमा २०७६ सालमा संसद सरकारले दर्ता गरेका प्रेस सम्बन्धी विधेयक सच्याउन महासङ्घले दबाबमूलक पहलकदमी जारी राखेको बताउनुभएको छ । शान्ति लामा

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long