stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट मदिरा किनबेच गर्न नपाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी बुधबारदेखि नवलपरासीपूर्वमा मदिरा विक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध  लगाइएको  जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘जिल्लाभरि मदिरा विक्री र खुला रूपमा सेवन नगर्नरनगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिइएको हो,’ प्रजिअ सुमन घिमिरेले भने, ‘निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने भएकाले मदिरा विक्री वितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।’

निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

prabhu mahalaxmi
kumari