stcnepal long ad
global ime bank long

निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच ३ बुँदे सहमति

आन्दोलनका कार्यक्रम स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच ३ बुँदे सहमति भएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि महांसघले आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने विषयमा ३ बुँदे सहमति भएको हो ।

पहिलो सहमति अनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढ्वानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमती भएको छ।

दोस्रो सहमति अनुसार नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधीहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।

आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको महान चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखि नेपाल पेट्रोलियम ढ्वानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने तेस्रो सहमतिको बुँदा रहेको छ।

सम्झौतामा आयल निगमको तर्फबाट निगमको आपूर्ति तथा वितरण विभागका निर्देशक बिरेन्द्र गोईतले हस्ताक्षर गरेका छन् भने महासंघक तर्फबाट खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

IME Lifesidebar
kumari