भक्तपुरमा १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट: लापरबाही गर्नेलाई तीन लाख रुपैयाँ जरिबाना
eQmk'/, !) ebf} -/f;;_ M eQmk'/ gu/kflnsf r'gb]jLl:yt
r'gb]jL vfB :6f]/Ú n] Dofb u'lh|Psf], s'lxPsf] rfdn, bfn, t]n laqmLsf nflu n}hfg tof/L u/]sf] ca:yfdf cfh z'qmaf/ lhNnf k|zf;g sfof{no eQmk'/sf] cg'udg 6f]nLn] 5fkf df/L ?= !$ nfv a/fa/sf] vfBfGg hkmt ul/ gi6 ub}{ . tl:j/ M /d]z lu/L, /f;;
काठमाडौं । भक्तपुर नगरपालिका–१ चुनदेवीमा रहेको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा मारेर १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको छ ।
स्टोरमा रहेका विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद गुज्रेको, घुन तथा किरा परेको, कुहिएको चामल, दाल र तेल बिक्रीवितरण हुँदै आएको समेत भेटिएको छ ।
व्यापारी महेश ठकुल्लावटले गोदाम गरी राखेको खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुनः प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।
उपभोक्ताले दिएको उजुरीका आधारमा अनुगमन गरिएको र व्यापारीले गोदामघरमै मेसिन राखेर बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेसिनमा राखेर किरा, घुन छुट्याएर, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर त्यहीँ सिलाएर पुनःबिक्री गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
टोलीले गोदाम घरबाट छ घण्टा लगाएर १ सय १९ क्विन्टल चामल, ९ क्विन्टल ७५ किलो दाल र ६ सय ३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको हो ।
म्याद गुज्रेको सामान पुनःबिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार तीन लाख रुपैयाँ जरिबाना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको र अरु व्यापारीलाई यस्ता गल्ती नगर्न सचेत गराउनुभयो ।


























