citizens life insurance long ad
stcnepal long ad

हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो साङ्गीतिक एल्बल “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

आकाश माथि १९०० मिटरको उचाईमा” पोष्टर तथा म्यूजिक भिडियोका गीतका रचनाकार हरि गोपाल प्रधान, नायिका डा. सरिशा श्रेष्ठ लगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेलले एकै साथ आकाशमा उक्त गीतको २०७९  बैशाख  २८  गते विहान १०ः३० बजे बिमोचन गरि विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

वल्र्ड बुक अफ रेकर्डस्को तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत प्रयास सम्पन्न भएको थियो ।

महाराज कुमार साहिव लक्ष्यराजजि सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आइपीएस), विलहेम जेज्लर (प्रमुख, वल्र्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वल्र्ड बुक अफ रेकर्डस्, सागर कट्वाल, अध्यक्ष, वल्र्ड बुक अफ रेकर्डस्, नेपाल च्याप्टरको संयुक्त बाहुलीबाट विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) लाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वल्र्ड बुक अफ रेकर्डस्, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो ।

उक्त कार्यक्रममा डा. किरण वेदीले “संसारकै उच्च स्थान नेपालमा रहेको र नेपालीहरुले अलौकिक कार्य गरेर पुनः नेपालको नाम उच्च स्थानमा पु¥याउन सफल भएकोमा तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ” भन्दै सम्पूर्ण एल्बमका टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र अन्य टिमको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहिर गर्नुभयो । साथै गीतकार

हरि गोपाल प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताउनु भयो ।

उक्त साङ्गितिक एल्बममा हिपहप किङ्ग नायक तथा गायक निर्णय श्रेष्ठ, गायिका सुवानि मोक्तान र नायिका डा. सरिशा श्रेष्ठ, सिनोमटोग्राफर/सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्यलक्ष्मी ख्डगी रहेको थियो ।

यस एल्बममा गायिका ओरिजिनल गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोपत्रकार पद्मसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनर तुल्सी प्रजापति, कुसुम श्रेष्ठ, मोडेल कलाकारमा विविता पाण्डे, श्रीकृति बलामी, निरिस्मा डली, झरना रेग्मी, सुनिता खड्का, कृति बलामी, एरेन्जमेन्टमा बालकृष्ण थारु प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

हरि गोपाल प्रधान वरिष्ठ पत्रकार/फोटो पत्रकार साहित्यकार एवं समाजसेवीले दोश्रो पटक विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो ।

IME Life
kumari