citizens life insurance long ad
stcnepal long ad

पासाङल्हामु सडक अबरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

रसुवा । गएराती परेको भिषण बर्षाका कारण पासाङल्हामु सडक अबरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिकास्थित पासाङल्हामु सडक अन्तर्गत बेत्रावति–कालिकास्थान सडकखण्डको बनुवा भन्ने स्थानमा सडक पूणरुपमा क्षति पुग्दा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सोही पहिरोका कारण बेत्रावति–मैलुङ सडकसमेत अवरोध भएको छ । सडक सुचारुको लागि आवश्यक पहल भईरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाको प्रमुख धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णीमाका दिन लाग्ने मेलामा जाने तीर्थयात्रीहरुलाइ सडक अबरुद्ध हुँदा मार परेको छ ।

IME Life
kumari