citizens life insurance long ad
stcnepal long ad

उपत्यकाका सबै खोला तथा नदीमा फोहोर पानी प्रशोधन केन्द्र विस्तार गरिने : प्रधानमन्त्री

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरणीय स्वच्छता कायम गर्नका लागि उपत्यकाका सबै नदी तथा खोलामा फोहोरपानी प्रशोधन केन्द्रको स्थापना गरिने बताउनु भएको छ ।

काठमाडौको गुहेश्वरीमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले बाग्मतीबाट सुरु भएको फोहोरपानी प्रशोधन केन्द्र अन्य शहरमा पनि स्थापना गरिने बताउनुभएको हो ।

बाग्मतीमा प्रशोधन केन्द्र स्थापना गरेपछि पशुपति क्षेत्र पनि सफा हुने उल्लेख गर्दै धार्मिक पर्यटकको समेत विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले दैनिक केन्द्रले तीन करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सक्ने बताउदै पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी बगाउन सकिने जानकारी दिनुभयो ।

प्रशोधन केन्द्रले चाबहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत ९ सय ९५ हेक्टर क्षेत्रमा रहेका करिब तीन लाख बासिन्दा प्रत्यक्ष लाभान्वित भएको मन्त्री चौधरीले बताउनुभयो ।

यसैगरी, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ढुंगेधारा पुनस् संचालनमा ल्याउन, जमिन रिचार्ज गर्न र वातावरण सफा राख्न ढल र बर्षाद्को पानीको निकास छुट्टा छुट्टै गर्न व्यवस्था गर्नु आवास्यक रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल,काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटा, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौँका नदी फोहोर रहित बनाउन थप प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

IME Life
kumari