stcnepal long ad
global ime bank long

हामीले सेनेटरी प्याड आयात गर्दैनौँः ब्लुप्रिन्ट ट्रेडिङ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । ब्लुप्रिन्ट ट्रेडिङ प्रा.लि ले केही सञ्चार माध्यामहरूमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहिन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ।

केही संचार माध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले बच्चाहरूका लागि डाइपर मात्रै आयत गर्ने गरेको स्पष्ट पारेको हो।

‘विभिन्न संचार माध्यामहरूमा ब्लुप्रिन्ट ट्रेडिङ प्रालिका विषयमा विनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ।

 

 

ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो,’ कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न संचार माध्याममा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहिन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ती छ। ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन।’

IME Lifesidebar
kumari