stcnepal long ad
global ime bank long

पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा महानगरका प्रमुख, उपप्रमुख

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले आज सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ ।

उहाँहरु अधिकारी सहित विहान ९ बजे अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुग्नुभएको थियो ।

 

‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।’ अनुगमनपछि प्रमुख शाहले भन्नुभयो, ‘पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ ।’

उपप्रमुख डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ ।’

अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराउनुभएको थियो । वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने, वडाध्यक्ष डंगोलको भनाइ थियो ।

वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिनुभएको थियो ।

उहाँकाअनुसार करीव ४ करोड लागतमा बहाल पुननिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो ।

दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ । जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राख्नुभएको थियो ।

वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो । त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख शाहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गर्नुभएको थियो ।

अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्र विलास बज्रचार्य, राम थापासहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।

 

 

IME Lifesidebar
kumari