citizens life insurance long ad
stcnepal long ad

नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले अवरोध गरेपछि डेढ सय वटा टिपर फोहर बोकेरै काठमाडौं फर्कियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाडौंबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाडौंको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।

दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएको काठमाण्डौ महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएको भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।

 

IME Life
kumari