citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले अवरोध गरेपछि डेढ सय वटा टिपर फोहर बोकेरै काठमाडौं फर्कियो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाडौंबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाडौंको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।

दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएको काठमाण्डौ महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएको भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।

 

himalayan life insurance
igi long