citizens life insurance long ad
stcnepal long ad

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७९ जेठ २३ गते मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी दिपक कुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७९ जेठ २५ गते जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नती हुनु भएका उपरथी दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी यामप्रसाद ढकाल युद्ध(मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

 

 

 

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका २ जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

 

IME Life
kumari