citizens life insurance long ad
stcnepal long ad

सभा गृहमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु

अनलाइन फारम भरे सेवा लिन छिटो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परिचय पत्रका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वैयक्तिक विवरण संकलन सुरु भएको छ । सोमबारबाट प्राविधिक परीक्षण सुरु गरिएको थियो । यो काठमाडौँ स्थायी बसोबास गर्ने नागरिकका लागि हो ।

फारम भरेर वा अनलाइन मार्फत विवरण दिन सकिन्छ । अधिकारीहरुका अनुसार अनलाइनबाट फारम भरेर पठाउँदा सेवा छिटो दिन सकिन्छ । फारममा भरिएको विवरण कम्प्युटरमा इन्ट्री गर्न र जाँच गर्न समय लाग्छ । जसको विवरण हो, उसैले भर्दा त्रुटी कम हुन्छ ।

विवरणका लागि सक्कल नागरिकता सहितका कागजात लिएर जानु पर्छ । यससँगै विवाह दर्ताको प्रमाण पत्र, यदि विवाह दर्ताको प्रमाण पत्र नभए श्रीमान् श्रीमतिको नाता खुल्ने सरकारी कागजपत्र चाहिन्छ ।

श्रीमान् श्रीमतिमध्ये कसैको मृत्यु भइसकेको भए मृत्युको विवरण खुल्ने कागज लिएर जानुपर्छ । बसाईँसराइ भएको भए बसाइँसराईको प्रमाण पत्र वा वडाको शिफारिस आवश्यक पर्छ ।

नागरिकतामा जन्म मिति खुलेको छैन भने जन्म मिति खुल्ने सरकारी कागज चाहिन्छ ।
यी कागजहरु सक्कलैप्रति लिएर जानुपर्छ । फोटोकपी वा मोवाइलबाट कागज देखाएर सेवा लिन सकिर्दन । सेवा कार्यालय समयमा लिन सकिन्छ । सेवा लिन आफैँ जानुपर्छ ।

 

IME Life
kumari