citizens life insurance long ad

आज साउदीका विदेशमन्त्री फैसल नेपाल आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउदी अरब अधिराज्यका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं अवतरण गर्दैैछन् । राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट आज फागुन ३० गते सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन्। उनी चार्टड विमानबाट नेपाल आउने छन्। उनलाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ।

एक साताअघि मात्रै काठमाडौंस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई विदेश मन्त्री फैजल नेपाल भ्रमणमा आउन चाहेको बताएको थियो।

हाल टर्की भ्रमणमा रहेका परराष्ट्र मन्त्री खड्का साउदीका विदेश मन्त्रीको भ्रमणकै लागि सोमबार बिहान स्वदेश फर्किंएका छन। भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्री डा। नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोली चैत १ गते भेटवार्ता गर्ने र फैसलले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । साउदी विदेश मन्त्रीको भ्रमणमा नेपाल र साउदी सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट(जीएसए) मा हस्ताक्षर हुने भएको छ।

मन्त्रिपरिषद् बैठकले गतसाता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्ने परराष्ट्र स्रोतले बताएको छ।

IME Lifesidebar
kumari