citizens life insurance long ad
stcnepal long ad

तीन एआईजी थप्न गृह मन्त्रालयमा प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीमा एआइजीको दरबन्दी बढाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले तीन एआइजीको दरबन्दी स्वीकृतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

गृहले अर्थ मन्त्रालयको सहमति माग गरेको छ । अर्थले सहमति दिएमा संभवतः भोली वा अर्को साता बस्ने मन्त्रिपरिषद बैठकले तीन एआइजीको दरबन्दी स्वीकृत गर्नेछ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी धिरजप्रताप सिंह, महानगरीय आयुक्त कार्यालयका उत्तमराज सुवेदी र प्रहरी प्रधान कार्यालयका डीआइजी इश्वरबाबु कार्कीलाई एआइजी बढुवा गर्नका लागि दरबन्दी थप गर्न लागिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

यी तीनै डीआइजीले गृह मन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री शेर बहादुर देउवालाई लविङ गरि एआइजीका दरबन्दी थप गराउन सफल भएका छन्

। इश्वरबाबु कार्कीले गृह मन्त्री बालकृष्ण खाँणकि पत्नी मन्जु खाँण मार्फत पारी एआइजी बढुवा हुन खोजे पनि कांग्रेस नेता रमेश लेखकका नाता समेत पर्ने अख्तियारका डीआइजी बसन्त पन्तले बाजी मार्ने चर्चा पनि छ ।

२०७३ मा एआइजीका दरबन्दी तीन वटाबाट थपेर १५ वटा बनाएका प्रधानमन्त्री देउवाले अहिले आवश्यक पर्ने नभए पनि थप गर्न लागेका छन् । २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर तीन वटा बनाएका थिए ।

त्यसपछि बीचमा दुई वटा थप गरी एआइजीका दरबन्दी पाँच बनाइयो । अब फेरि तीन वटा थपेर ८ वटा बनाउन लागिएको छ ।

बढुवाका दाबेदार डीआइजी सिंह, सुवेदी, कार्की र पन्तले अर्थ मन्त्रालयबाट पनि फाष्टट्रयाकमा सहमति ल्याउन दौडधूप गरिरहेका छन् ।

अर्थ मन्त्री शर्मालाई समेत प्रभावमा पारी उनीहरु सहमति ल्याउन रातदिन लागेका छन् । तीन एआइजीको दरबन्दी थपका लागि शक्तिकेन्द्र सहमत भइसकेका छन।

IME Life
kumari