citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ ।
सवारी साधन लगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैंकले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्व स्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०७८ मा विभिन्न १६ वटा बुँदामा उल्लेख भएका खाद्य तथा पेय पदार्थको आयातमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कले खाद्यान्नरअन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दूध तथा दूधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादन आयात गर्दा पूर्वस्वीकृतिको आवश्यक पर्ने जनाएको छ ।

त्यस्तै फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्समा पनि यस्तो व्यवस्था गरको छ ।

पिउने पानी, विशेष उपयोगका खाद्य पदार्थ, शिशु आहार तथा शिशु फर्मुला खाद्य पदार्थ, बाल आधार तथा बाल फर्मुला खाद्य पदार्थ शिशु तथा बाल आहारपूरक खाद्य पदार्थ, फुड सप्लिमेन्ट, डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्टको आयातलाई पनि पूर्वस्वीकृति चाहिने भएको छ ।

विभिन्न पेय पदार्थ, चकलेट, चुइङगम, टफी, कोको पदार्थ, पापड भुजिया, फिङगचिप्स, दालमोठ, मिठाई, सोनपापडी काँचो तथा तयारी स्न्याक्स फुड्स खाद्यवस्तुका लागि पनि पूर्वस्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ ।

मसला, चिया, कफी, नुन, अण्डा तथा अण्डाजन्य खाद्य पदार्थ खाद्यरङ, वासना, इमल्सिफायर, एन्टिअक्सिडेन्ट, खाद्य तथा पेय पदार्थमा प्रयोग हुने खाद्य उद्योगका अन्य सामग्री, चिनी, मह लगायतका गुलियो पदार्थ अन्य विभिन्न अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य पदार्थको आयातमा कडाइ गर्दै आयातका लागि स्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ ।

यस्ता सामग्री आयात गर्दा आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्ने पनि विभागले जनाएको छ ।

केहीमा पूर्ण बन्देज हटाइयो
विभागले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आव २०७७/७८ अवधिका लागि जम्मा ८० हजार मेट्रिक टनसम्म पैठारी गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै सुपारी २५ हजार मेट्रिक टनसम्म, छोगडा पाँच हजार मेट्रिक टनसम्म नधुल्याइएको मरिच १५ हजार मेट्रिक टन पैठारी गर्न सकिने व्यवस्था गरिएको एकीकृत परिपत्रमा उल्लेख छ । यी सामग्री तोकिएको परिमाणसम्मको पैठारीका लागि विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

परिमाणात्मक बन्देजको सीमा तोकिएका त्यस्ता वस्तुको पैठारी हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले २०७८ असार मसान्तभित्र त्यस्तो वस्तु सिपमेन्ट गराइसक्नुपर्ने र त्यसरी २०७८ असार मसान्तसम्म एलसी, डीईपी, डीएए र डीडी र टीटी खोली सिपमेन्ट भइसकेका वस्तुहरू आर्थिक वर्ष २०७८/७९ मा पनि भन्सार जाँचपास गर्नेसम्बन्धी व्यवस्था गर्न सकिने जनाएको छ ।

IME Life
kumari