citizens life insurance long ad
stcnepal long ad

सन् २०२२ मा पेट्रोलियम पदार्थको मूल्य अरू बढन सक्ने अनुमान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सन् २०२० मा कच्चा पेट्रोलियम पदार्थको मूल्य ऋणात्मक हुँदा कच्चा तेल उत्पादक देशहरुको संगठन(ओपेक) र गैरओपेक देशहरुले उत्पादनमा भारी कटौती गर्ने निर्णय गरेका थिए। विश्वको कुल उत्पादनको करिब १० प्रतिशत अर्थात दैनिक ९७ लाख ब्यारेल उत्पादन घटाउने निर्णयले विश्व ऊर्जा बजारमा हलचल मच्चिएको थियो।

कोभिड(१९ को महामारीकालमा कच्चा तेलको बजारको गतिले ऊर्जा बजारमा इतिहास रचेको छ। सन् २०२० को अप्रिल महिना बिर्सनलायक रहेको छ।

यो महिना तेलको मूल्य ऋणात्मक बनेको थियो। अमेरिकामा डब्ल्यूटीआई क्रुडको मूल्य ४० डलरसम्म ऋणात्मक बनेको थियो। मूल्य ऋणात्मक हुँदा पनि कच्चा तेल राख्ने स्थानको भने अभाव देखिएको थियो। कोरोना महामारीको पहिलो लहरका दौरान विश्व प्रायः ठप्प भएकाले यस्तो अवस्था सिर्जना भएको थियो।

कोरोनाको पहिलो लहरमा घरेलु तथा अन्तराष्ट्रिय हवाई तथा सडक सञ्जाल औद्योगिक तथा आर्थिक गतिविधिहरु ठप्प भएका थिए।

तर, सन् २०२१ मा भने कच्चा तेलको माग र मुल्यले ठूलो फड्को मार्यो र मूल्य ५० प्रतिशतभन्दा बढीले बढ्यो। ब्रेन्ट कच्चा तेलको मूल्य ८० डलर नजिक पुगेको छ। यस्तोमा प्रश्न आउँछ कि कच्चा तेलको मूल्य किन निरन्तर बढदैछ रु अझ योभन्दा महत्वपूर्ण प्रश्न सन् २०२२ मा कच्चा तेलको मूल्य कति बढ्छ रु भन्ने हो। यसका लागि माग र आपूर्तिको नियम जान्न आवश्यक रहेको छ।

सन् २०२० मा तेलको मूल्य ऋणात्मक भएसँगै ओपेक र गैरओपेक देशहरुले कच्चा तेलको उत्पादनमा भारी कटौती गर्ने निर्णय गरेका थिए।

यो निर्णयले विश्व ऊर्जा बजारमा हलचल मच्चियो। यहीबीचमा कोरोनाको पहिलो लहरको गति कम हुन थाल्यो र विश्व अर्थतन्त्र लयमा फर्किन थाल्यो। अर्थतन्त्र र मानव जनजीवन सामान्यीकरणतर्फ अग्रसर हुन थालेपछि तेलको माग बढ्न थाल्यो।

तर, ओपेकले जुन गतिमा उत्पादन घटाएको थियो, त्यही गतिमा उत्पादन बढाउन सकेन।

अमेरिकी दबाबका बाबजुत अहिले पनि ओपेकले दैनिक ४ लाख ब्यारेलमात्रै उत्पादन बढाइरहेको छ। यसको परिणामस्वरुप अमेरिका, भारतसहित अन्य देशहरुले आफूसँग रहेको रिजर्भबाट तेलको आपूर्ति गर्नुपर्यो। ओपेकले संसारभर करिब ४० प्रतिशत तेलको आपूर्ति गर्ने गर्छ।

सन २०२२ मा तेलको मुल्य अझै बढ्ने ?

अहिले विश्वभर कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको खतरा जुन प्रकारले बढिरहेको छ, यसले कच्चा तेलको मागमाथिको आशंका कायमै रहेको छ।

यसै कारण ओपेक तथा गैरओपेक देशहरुले सावधानीपूर्वक कदम चालिरहेका छन्। अर्थात् उनीहरु तेलको उत्पादन बढाउनबाट डराइरहेका छन्।

सन् २०२२ मा तेलको उत्पादनको गति कोरोना महामारीको अवस्था कस्तो रहन्छ भन्ने कुरामा पूर्ण रुपमा निर्भर रहने देखिन्छ।

ऊर्जा बजारका विज्ञहरुका अनुसार कोरोनाको खतरा कम नै रहे पनि तत्कालै कच्चा तेलको उत्पादन बजारले गति लिने सम्भावना भने कम नै देखिन्छ। अर्थात सन् २०२२ को पहिलो ६ महिनामा तेलको मूल्य ७०–८० डलरको बीचमा रहने सम्भावना देखिन्छ।

तत्कालै तेलको मूल्य नबढ्नुको पछाडि अर्को एउटा कारण पनि रहेको छ। अमेरिकामा सन २०२२ मा मध्यावधी निर्वाचन हुँदैछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन निर्वाचनसम्म तेलको मूल्यलाई नियन्त्रणमा राख्न चाहन्छन्। यद्यपि अमेरिकामा निर्वाचन सम्पन्न भएपछि र कोरोनाको खतरा कम भएपछि तेलको मागमा पुनः बढोत्तरी आउन सक्छ।

विज्ञहरुका अनुसार त्यतिबेला तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्दा कुनै आश्चर्य मान्नुपर्दैन। केही विज्ञका अनुसार अहिले विश्वमा हरित ऊर्जाका बारेमा जति नै चर्चा भए पनि अबको १५–२० वर्षसम्म कच्चा तेलको बजारले नै आफ्नो पकड बनाइरहेको हुनेछ र मूल्य पनि धेरै घट्ने सम्भावना कमै रहनेछ। ( विभिन्न न्युज एजेन्सी) नरोत्तम सुबेदी

IME Life
kumari