सहकारीका ठगहरू जेल चलान
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले) का पुर्व संबिधान सभा सदस्य समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोड, काठमाडौंका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई सहकारीमा ठगी गरेको मुद्धामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
उनीसंगै केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षको लागी थुनामा पठाएको छ भने हरिहर प्रसाद लामिछाने (पूर्व लेखा समिति सदस्य) सँग ५० लाख, विजयविक्रम शाह (वरिष्ठ प्रबन्धक) सँग १५ लाख, भगवानबहादुर सिंह डंगोलसँग १० लाख, एलिना तुलाधर (जुनियर असिस्टेन्ट म्यानेजर) सँग ५ लाख, मायोनानी महर्जनसँग ५ लाख, बुद्धराज तामाङसँग ५ लाख, कौस्तुभ केतन ढुंगानासँग ५ लाख, शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार, राकेश महर्जनसँग ५० हजार धरौटी माग गरेको छ ।
अदालतले असिस्टेन्ट संगीत श्रेष्ठलाई भने साधारण तारिखमा छाडेको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।






















