काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौडयाल पदबहाली
कानूनसम्मत सेवा पाउने सेवाग्राहीको अधिकार सुनिश्चित गर्नुपर्छ–प्रमुख प्रशासकीय अधिकृत पौडयाल
काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड््यालले बहाली गर्नुभएको छ ।
पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड््याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णय अनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जानु भएको छ ।
पदबहाली पछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौडयालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानून सम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताउनुभयो ।
पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड््यालको भनाइ थियो ।
त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौडयालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताउनुभयो ।
२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौडयाल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको हो । उहाँ स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गर्नुभएको छ ।






















