stcnepal long ad
global ime bank long

प्रधानमन्त्री देउवाले भोली हयातमा हस्तकला व्यापार मेलाको उदघाटन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हस्तकला महासंघको १८ ओैं हस्तकला व्यापार मेला तथा १६ ओैं हस्तकला प्रतियोगिता भोली मंसीर ३ गतेबाट बौद्वको हयात होटलमा शुरू हुँदैछ।

मेला मंसीर ५ गते सम्म हुनेछ। मेलाको सबै तयारी पूरा भैसकेको मेला आयोजक समितिका संयोजक तथा नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताएका छन। मेलामा हस्तकलाका सबै क्षेत्र,सीप र प्रविधिको प्रदर्शनी र बिक्रीमा राखिने छन।

हस्तकला मेलाको उदघाटन प्रधानमन्त्री शेर बहादुर देउवाले भोली मंसीर ३ गते १० बजे बौद्वको हयात रिजेन्सी होटलमा गर्दैछन।

हस्तकला मेलामा नेपाल स्थित सबै कुटनैतिक नियोग,अन्तर्राष्ट्रिय संघसंस्थाका नियोग, कार्यालयहरूलाई निमन्त्रणा गरिसकिएको छ।

मेलामा हस्तकला महासंघको अनलाइन मार्केटिङ पोटलको पनि उदघाटन गरिने भएको छ। मेलामा २५–३० हजारले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ।

यसअघि भृकुटीमण्डपमा हुँदै आएको हस्तकला मेला त्यहाँ पार्किङको समस्या र ठाउँ साघुरो भएकाले बौद्वको हयात होटलमा आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari